राजाको दानमा पनि गिद्दे नजर : त्रिभुवनले स्कुललाई दान दिएको जग्गा नेपाल ट्रस्टले खोस्यो (भिडियो रिपोर्ट)

राजाको दानमा पनि गिद्दे नजर : त्रिभुवनले स्कुललाई दान दिएको जग्गा नेपाल ट्रस्टले खोस्यो (भिडियो रिपोर्ट)

२०६६ माघ १९ गते फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा जग्गाको भाडा तिर्न आदेश दिँदै नेपाल ट्रस्टबाट पत्र आयो। त्यो पत्र देखेर विद्यालय व्यवस्थापन समिति झस्कियो।

२००८ सालमै तत्कालीन राजा त्रिभुवनबाट विद्यालयले दानमा पाएको थियो जग्गा। दान दिएसँगै त्रिभुवनले उच्च पदाधिकारीसहित स्थानीय जनता राखेर विद्यालयको उद्घाटन गरे। धुमधामका साथ आफ्नो जन्मोत्सव मनाए। 

पूर्वराजा वीरेन्द्रको वंशनास भएपछि उनीहरूको परिवारको सम्पत्ति संरक्षण गर्न भनेर नेपाल ट्रस्ट स्थापना भएको थियो। ५८ वर्षपछि दान दिएको जग्गा उनको नाति (वीरेन्द्र)को नाममा भएको भनेर ट्रस्टले पत्र पठायो। विशेष भिडियो रिपोर्ट

भदौ ५, २०८० मंगलबार १८:५१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।