उकेरा प्रभाव : जनप्रशासन क्याम्पसमा भएको भ्रष्टचारबारे अख्तियारले अनुसन्धान गर्ने

उकेरा प्रभाव : जनप्रशासन क्याम्पसमा भएको भ्रष्टचारबारे अख्तियारले अनुसन्धान गर्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाले जनप्रशासन क्याम्पसमा भएको आर्थिक अनियमितताबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ।

त्रिवि कार्यकारी परिषद्को बैठकले आर्थिक छानविनका लागि ११३२ नम्बरको चलानी नम्बरमा अख्तियारमा पत्र पठाएको हो।

यसबारे उकेराले वैशाख १८ गते ‘जनप्रशासन क्याम्पसमा भ्रष्टाचार : लेखाको कर्मचारीले निकाले विद्यार्थीको धरौटी रकम’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

चैत दोस्रो हप्तादेखि जन–प्रशासन क्याम्पसमा आन्तरिक लेखा परीक्षण शुरू भएको थियो। लेखा परीक्षण गर्ने कर्मचारीले ५ वटा भौचरमा कैफियत देखेका थिए।

उनीहरूले पाँचवटा भौचरबारे अनुसन्धान गर्न सुझाएपछि क्याम्पस प्रमुख हरिभक्त शाहीले राधा घिमिरेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेका थिए।

१० दिन लगाएर गरेको अनुसन्धानमा आन्तरिक लेखा परीक्षणले जे त्रुटी औँल्याएको थियो त्यही देखिएको थियो। त्यसकै आधारमा समितिले रजिष्ट्रार कार्यालयमा प्रतिवेदनसमेत बुझाएको थियो।

भदौ ५, २०८० मंगलबार १८:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।