कप्तान रोहित भन्छन् : भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौँ

कप्तान रोहित भन्छन् : भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौँ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान राहित कुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्न उत्साहित भएको बताएका छन्।  

एसिया कप खेल्न पाकिस्तान जानुअघि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले आफूले दबाब महसुस नगरेको बताए।

उनले भने, ‘हामीले १५ दिन क्याम्पमा मज्जाले सिक्यौँ, अब सबैजना राम्रोसँग तयार भएका छौँ, राम्रो प्रदर्शन गछौँ।’

टोली बुधबार पाकिस्तान जाँदैछ। एसिया कप ३० अगष्टदेखि १७ सेप्टेम्बरसम्म हुनेछ।

समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ।

भदौ ५, २०८० मंगलबार १७:३४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।