उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्नु : उच्च अदालत

उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्नु : उच्च अदालत

काठमाडौं : उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ।

उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन्। विदेश जाने क्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिए।

यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत गएकी थिइन्।

भदौ ५, २०८० मंगलबार १६:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।