नेपालले हङकङलाई ६ विकेटले हरायो, सिता एक्लैले लिइन् पाँच विकेट

नेपालले हङकङलाई ६ विकेटले हरायो, सिता एक्लैले लिइन् पाँच विकेट

काठमाडौं : चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएको छ। 

आज मङ्गलवार मलेसियाको वायुमास ओभलमा भएको खेलमा हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालल १५ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा भेटायो। 

नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महतोले १६ रन बनाइन्।  बलिङतर्फ हङकङकी इक्रा सहर, मारिको हिल, मारयम बिबी र केरी चानले १÷१ विकेट लिइन्। 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भएको थियो।

हङकङका लागि केरी चानले ३४ र डोरोथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन दिँदै ५ विकेट लिइन् । यस्तै इन्दु बर्माले २ विकेट लिइन्।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन्। नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ। 

फाइनल खेल शनिवार हुनेछ। 
 

भदौ ५, २०८० मंगलबार १४:५९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।