कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै चार–चार लाख उठाएर फरार व्यक्ति पक्राउ

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै चार–चार लाख उठाएर फरार व्यक्ति पक्राउ

काठमाडौं : कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरा रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै उनले मानिसलाई प्रलोभनमा पार्ने गरेको प्रहरीले जनाएको छ।

बोहराले दुई जना पीडितबाट पटक–पटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

बोहरालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

भदौ ५, २०८० मंगलबार १४:४१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।