२१ वर्षीया युवतीलाई भाइको कोठामा बोलाएर बलात्कार

२१ वर्षीया युवतीलाई भाइको कोठामा बोलाएर बलात्कार

दाङ : २१ वर्षीया युवतीलाई भाइको कोठामा बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय दाङमा परेको थियो।

सोही उजुरीको आधारमा दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ ५, २०८० मंगलबार १४:३३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।