अवरुद्ध भएको १७ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

अवरुद्ध भएको १७ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौं : पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ। 

सोमबार राति ८ बजे आएको बाढीले अवरुद्ध भएको सडकखण्ड १७ घण्टापछि मङ्गलबार दिउँसो १ बजेदेखि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ।

रोकिएका सवारीसाधन र यात्रु अहिले गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

इच्छाकामना ६ मा पर्ने टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अवरुद्ध भएको थियो।
 

भदौ ५, २०८० मंगलबार १३:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।