‘हिमालयन आर्ट फेस्टिभल’ भदौ ७ गतेदेखि हुने

‘हिमालयन आर्ट फेस्टिभल’ भदौ ७ गतेदेखि हुने

काठमाडौं  : इ–आर्टस् नेपालले भदौ ७ गतेदेखि नेपाल कला परिषदमा नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी गर्ने भएको छ।  फेस्टिभल भदौ १३ गतेसम्म जारी रहने आयोजक ई–आर्टस नेपालले जानकारी दिएको छ।

‘हिमालयन आर्ट फेस्टिभल’ इ–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष महान चाड दसैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ। 

यस प्रदर्शनीमा करिब ८० कलाकारहरूको सिर्जनालाई प्रदर्शनी गरिने छ। 

नेपालमा रहेका कला संकलकहरूले नेपाली कलाको अवस्था र कलाकारहरूको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सक्नेछन्।

यो प्रदर्शनीले ’टु डी’ र ’थ्री’ डी डाइमेनसनका नेपाली कलाकाहरूको कलालाई आम जनमानसमा पुर्याउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

५ भदौ, २०८०, १३:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।