अवरुद्ध नारायणगढ–मुग्लिन सडक अपरान्ह ३ बजेपछि खुल्न सक्ने

अवरुद्ध नारायणगढ–मुग्लिन सडक अपरान्ह ३ बजेपछि खुल्न सक्ने

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन मंगलबार (आज) अपरान्ह ३ बजेसम्मको समय लाग्ने देखिएको छ।

सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो। 

 डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो। सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो।

अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका र थप समस्या नभएमा अपरान्ह ३ बजेसम्ममा पहिरो पन्छाउन सकिने उनले बताए।

सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। 

भदौ ५, २०८० मंगलबार १३:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।