ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत

ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। 

मङ्गलबार ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेटवार्ता गरेका हुन्। 

भेटवार्ताका क्रममा नेपाल र अमेरिकाबिचको सम्बन्ध, संयुक्त रूपमा सामना गरिरहेका चुनौतीहरूलगायतकाविषयमा कुराकानी भएको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ।

भदौ ५, २०८० मंगलबार ११:३६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।