राष्ट्रपतिको शुभेच्छा सकारात्मक  : प्रधानमन्त्री

राष्ट्रपतिको शुभेच्छा सकारात्मक  : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन्। 

शीतल निवासमा मंगलबार आयोजित बैठकमा संविधानको परिपालना तथा जनताको चाहाना अनुरुप सुचारु होस् भन्ने राष्ट्रपति रामचन्द्र पौडेलले चाहना तथा शुभेच्छा राख्नु सकारात्मक भएको प्रचण्डको भनाइ थियो। 

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ’, प्रचण्डले बैठकमा भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन ।’

प्रचण्डले संसद् खुलाउन आफूहरु निरन्तर छलफलमा  रहेको र संसद् सुचारु गर्न सहमतिको करिब करिब नजिक पुगेका पुगेको बताए । 

प्रचण्डले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

भदौ ५, २०८० मंगलबार ११:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।