ललिता निवास प्रकरण : सीआईबीले गच्छदार र साहसँग पनि बयान लियो

ललिता निवास प्रकरण :  सीआईबीले गच्छदार र साहसँग पनि बयान लियो

काठमाडौं : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ। 

सीआईबीले पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि हिजो बेलुका बयान लिएको हो।सीआईबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगोलगायतका कर्मचारी फरार छन्। 

त्यस्तै, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले आइतवार बयानको कागज गराएको छ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०६६ चैतमा प्रधानमन्त्रीनिवास विस्तार गर्ने निर्णय गरेको थिया। 

जसका लागि ललितानिवासको जग्गा लिन मन्त्रिपरिषद्ले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयसँग राय मागेको थियो।

विजयकुमार गच्छदार त्यसबेला भौतिक योजना मन्त्री र साह राज्यमन्त्री थिए। त्यस्तै, तत्कालीन भूमिसुधारमन्त्री श्रेष्ठले नक्कली मोहीलाई सट्टाभर्नाबापतको जग्गा दिन उपयुक्त हुने कागजात तयार गर्न लगाएका थिया ।

शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ, हुपेन्द्रमणि केसी, कैलाशचन्द्र गोयल, शिवरतन सारडा, मनोजकुमार केडियालगायतलाई मुख्य प्रतिवादी बनाएर प्रतिवेदन तयार भएको छ।

भदौ ५, २०८० मंगलबार १०:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।