आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ ५, २०८० मंगलबार ०७:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।