झडपको क्रममा सानोठिमीबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ

झडपको क्रममा सानोठिमीबाट भागेका ८६ जना ‘नाबालक बन्दी’ बानेश्वरबाट पक्राउ

काठमाडौं : भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। 

उनीहरू सानोठिमीबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् ।

पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।  फरार भएका २२१ जना जना नाबालक बन्दी मध्ये धेरैलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यले बताए।

बालसुधार गृहमा ‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो। झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन्।

रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले बताए। 

आइतबार बिहान सुधार गृहका कर्मचारीले बस्नेतलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगेका थिए।

तर, अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको भन्दै परिवार र आफन्तले ‘हत्या’ भएको भन्दै विरोध गरेका छन्।

भदौ ४, २०८० सोमबार १७:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।