बाल सुधार गृहको ढोका तोडेर एक सयभन्दा बढी बालबालिका फरार

बाल सुधार गृहको ढोका तोडेर एक सयभन्दा बढी बालबालिका फरार

काठमाडौं : सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढीबालबालिका  फरार भएका छन्।

सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए। सशस्त्र र जनपद  प्रहरीलाई समेत आक्रमण गरेर फरार भएका रिजालले  बताए।

फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (एसपी) वसन्त पाठकले जानकारी दिए।

सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए ।

उनका अनुसार फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको छ। अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ ।

भदौ ४, २०८० सोमबार १६:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।