प्रधानमन्त्री ‘प्रचण्ड’ काठमाडौं फर्कन ढिलो हुने भएपछि सर्वदलीय बैठक सर्‍यो, साँझ ७ बजे बस्ने

प्रधानमन्त्री ‘प्रचण्ड’ काठमाडौं फर्कन ढिलो हुने भएपछि सर्वदलीय बैठक सर्‍यो, साँझ ७ बजे बस्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ। 

प्रतिकुल मौसमका कारण सुर्खेतबाट प्रधानमन्त्री ‘प्रचण्ड’ काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्। 

भदौ ४, २०८० सोमबार १६:३९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।