ओलीलाई प्रचण्डको फोन, ओलीले भने : बैठकमा आउँछु

ओलीलाई प्रचण्डको फोन, ओलीले भने : बैठकमा आउँछु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेका छन्।

सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर स्वास्थ्य अवस्था बुझेका हुन्।

दुई नेताबीच टेलिफोनमा कुराकानी भएको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पुष्टि गरे। 

त्यस क्रममा प्रचण्डले आजै आफूले बोलाएको दलहरूको बैठकमा सहभागी हुन सक्ने नसक्नेबारे समेत जिज्ञासा राखेका थिए।

त्यस क्रममा ओलीले हिजोको तुलनामा आज केही सन्चो भएकाले आजको बैठकमा आफू सहभागी हुने जनाउ दिएका थिए। 

संसद्को अवरोध हटाउन सहमति खोज्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई छलफलका लागि बोलाएका हुन्।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै साउन १० यता सदन अवरोध गर्दै आएको छ ।

भदौ ४, २०८० सोमबार १६:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।