२ हजारको विन्दुबाट तल झर्‍यो नेप्से, हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट

२ हजारको विन्दुबाट तल झर्‍यो नेप्से, हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताल १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो।

सोमबार नेप्सेसँगै हाइड्रोपावर उपसूचक सर्वाधिक १.४० प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.३३ प्रतिशत, व्यापार उपसूचक १.१७ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ।

यस्तै बैंकिङ उपसूचक ०.३५ प्रतिशतले गिरावट भएको हो ।

भदौ ४, २०८० सोमबार १६:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।