पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व रोक्न सक्छौँ : महामन्त्री थापा

पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व रोक्न सक्छौँ  : महामन्त्री थापा

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व रोकिने बताएका छन्।

महामन्त्री थापाले प्रदेशको नामकरणको विषयमा प्रदीप गिरिले दिएको विचारसँग काग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका हुन्। 

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए।

पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व. गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाले बताए। 

उनले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताए ।
 

भदौ ४, २०८० सोमबार १५:१५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।