सारुक आत्महत्या घटनामा नम्रताको भूमिकाबारे स्वस्तिमाले पहिलो पटक बोल्दै भनिन्' भएको के हो भन्नुपर्छ'

सारुक आत्महत्या घटनामा नम्रताको भूमिकाबारे स्वस्तिमाले पहिलो पटक बोल्दै भनिन्' भएको के हो भन्नुपर्छ'

काठमाडौँ : अभिनेता सारुक ताम्राकार आत्महत्या प्रकरणबारे अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक आफ्नो धारण व्यक्ति गर्दै नम्रता श्रेष्ठको व्यवहारप्रति असन्तुष्टि जनाएकी छिन्।

ताम्राकारको आत्महत्या प्रकरणबारे प्रहरीको अनुसन्धान जारी छ। घटनासँग जोडिएका व्यक्तिहरूसँग प्रहरीले बयान लिइसकेको छ। तर अभिनेत्री नम्रता र अन्धविश्वाससँग जोडिएका गुरु सम्पर्कहीन छन्।

सारुकको मोबाइलमा सुसाइड नोट फेला परेपछि सारुकको परिवारका सदस्यले किटानी जाहेरी दिने प्रयास गरेका थिए। तर प्रहरीले पहिलो निवेदनका आधारमा अनुसन्धान जारी रहेको भन्दै किटानी जाहेरी नलिई सम्झाएर फर्काएको थियो।

केही कलाकारहरूले सारुकको न्यायका निम्ति सामाजिक सञ्जालमा लेखे पनि अधिकांश कलाकारहरू यसबारे मौन नै बसेका थिए।

एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा स्वस्तिमाले सार्वजनिक रूपमै पहिलो पटक सारुक आत्महत्या घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

सारुकसँग सर्ट मुभीमा सँगै काम गरेको। सारुक एकदम राम्रो स्वभावका अभिनेता भएको भन्दै उनले सारुकले आत्महत्या गरेपछि उनको बुबालाई भेट्न जाँदा आँसु नथामिएको बताए।

उनले मिडियामा आउनु अगाडि नै सारुक र नम्रताको सम्बन्धबारे जानकारी भएको भन्दै भएको के हो भन्नेबारे नम्रताले बोल्नुपर्ने बताइन्।

'तन्त्रमन्त्रको कुरा मात्रै नभएर सारुकसँग सम्बन्धमा रहेको सार्वजनिक भएको छ। मान्छे नै मरेर जाने भनेको अन्तिम हो नि'  उनले भनिन्' सारुकको आमाबुबालाई भेटेर भए पनि भएको के हो भन्नुपर्छ।'

उनले कार्यक्रममा कमेडियन सन्दीप क्षत्रीले कार्यक्रममा बलात्कार घटनाबारे जसरी प्रस्तुत भए त्यो भने गलत भएको समेत बताइन्। संवेदनशिल घटनालाई हसिमजाक बनाउनु गलत भएको उनको तर्क थियो।

भदौ ४, २०८० सोमबार १५:०२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।