कोशीमा सभाको अध्यक्षता गर्ने मन्सुरीले पनि विश्वासको मत दिने
विराटनगर : कोशी प्रदेशसभाको बैठक ३ बजे बस्ने भएको छ। कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे सभा बस्ने कार्यसूची तय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।
उनले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने कार्यसूची समेत तय गरिएको बताए।
सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरीले गर्ने छन्। स्रोतका अनुसार विश्वासको मतमा मन्सुरीलाई मतदान गराउने गठबन्धनले तयारी गरेको छ।
अध्यक्षता गर्ने व्यक्तिले बराबर मत नभएको अवस्थामा मत हाल्न पाउने व्यवस्था कानूनमा छैन। मुख्यमन्त्री थापाले केहीबेरअघि सदन चलाएर विश्वासको मत लिने दाबी गरेका थिए।
भदौ ४, २०८० सोमबार १५:०१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।