भारतले घोषणा गर्यो एसिया कप खेल्ने १७ सदस्यीय टोली

भारतले घोषणा गर्यो एसिया कप खेल्ने १७ सदस्यीय टोली

काठमाडौं : उपाधि दाबेदारमध्येको एक भारतले एसिया कप खेल्ने टोली घोषणा गरेको छ।

अगष्ट देखि १७ सेप्टेम्बरसम्म हुने एसिया कपका लागि भारतले घोषणा गरेको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐयर फर्किएका छन्।

भारत र श्रीलंकामा हुने प्रतियोगितामा भारतका सबै खेल श्रीलंकामा हुनेछन्। नेपाल, भारत र पाकिस्तान समूह ए मा छन्।

समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ।

भारतले अघिल्लो साता वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका तिलक बर्मालाई भारतले टोलीमा समेटेको छ।

तर, विकेटकिपर सन्जु स्यामसनलाई टोलीबाट बाहिर राखेको छ। स्यामसन वैकल्पिक खेलाडीको रूपमा सँगै श्रीलंका जानेछन्।

यस्तो छ भारतको एसिया कप खेल्ने टिम:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण

भदौ ४, २०८० सोमबार १४:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।