जहाजको ढोकासम्मै भीआईपीले सवारी लैजान नपाउने

जहाजको ढोकासम्मै भीआईपीले सवारी लैजान नपाउने

काठमाडौं : विशिष्ट (भीआईपी) व्यक्तिले जहाजको ढोकासम्मै सवारी लैजान नपाउने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक सूचना निकालेर ‘भीभीआईपी र भीआईपी निषेधित क्षेत्र आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८०’ बारे जानकारी दिँदै भीआईपीहरूले जहाजको ढोकासम्मै सवारी लैजान नपाउने जनाएको हो।

त्यसका लागि विमानस्थलको विशिष्ठ कक्षबाट जहाजको ढोकासम्मको आवागमन प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआईपी सवारी साधनमार्फत मिलाइएको सूचनामा उल्लेख छ।

यस्तै, भीभीआईपी र भीआईपीहरूको आवागमन सहज बनाउन उडान समयभन्दा एक घण्टा अघि नै आन्तरिक टर्मिनल भवनमा सवारी साधनसहितको विवरण तथा पास लिनसमेत भनिएको छ।

साथै सोही समयमा एयरलाइन्स चेकइन, लगेज र सुरक्षा जाँचको व्यवस्था मिलाउनसमेत सूचनामा आग्रह गरिएको छ।

अति विशिष्ट(भीभीआईपी)ले प्रयोग गर्ने सवारीसाधनको हकमा र्याम्प सुरक्षा पालना हुने गरी र्याम्पसम्म सुरक्षा स्कर्टसहितको आवागमनको व्यवस्था मिलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फ अतिविशिष्ट/ विशिष्ट व्यक्ति (भी. भी. आई. पी./ भी. आई. पी.) निषेधित क्षेत्र आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० सम्बन्धी जानकारी pic.twitter.com/Yr8MYzQnQr

— TIA,Kathmandu (@TIACAO2) August 21, 2023

भदौ ४, २०८० सोमबार १३:३४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।