गाउँपालिकाको गाडी दुर्घटना हुँदा शिक्षा अडिटरको मृत्यु, चालक घाइते

गाउँपालिकाको गाडी दुर्घटना हुँदा शिक्षा अडिटरको मृत्यु, चालक घाइते

नुवाकोट : जिल्लाको म्यागङ गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ।

बागमती प्रदेश–०१ ००२ झ ६०५६ नम्बरको गाडी विदुर नगरपालिकाको वडा नम्बर–१० शुभघाटमा दुर्घटना भएको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले उकेरालाई जानकारी दिए।

तामाङका अनुसार दुर्घटनामा चितवन घर भएका म्यागङ गाउँपालिकाका शिक्षा अडिटर होम बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

गाडीमा दुई जना मात्र सवार रहेको र चालकको अवस्था सामान्य रहेको अध्यक्ष तामाङको भनाइ छ।

‘सवारी चालकसँग प्रहरीले केरकार गरिरहेको छ, अहिलेसम्म अवस्था सामान्य नै देखिएको छ,’ उनले भने, ‘उपचारका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ।’

गाडी गाउँपालिका कार्यालयबाट जिल्ला सदरमुकाम विदुरतर्फ गइरहेकोसमेत अध्यक्ष तामाङले जानकारी दिए।

भदौ ४, २०८० सोमबार १२:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।