स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई निम्तो

स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई निम्तो

काठमाडौं : जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसहित नेपालका तीन नगर प्रमुख सहभागाी हुने भएका छन्। 

कार्यक्रममा काठमाडौंका प्रमुख शाह, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र डडेल्धुराको परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो।

उनीहरू सहभागी कार्यशालामा थिम्पु, चण्डीगढ, नुसानतारा, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, दाभाओलगायत १८ सहरका प्रमुख सहभागी हुने छन्।

संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुनेछ।

प्रशिक्षण कार्यशालामा दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ।

४ भदौ, २०८०, १२:२३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।