२० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार

२० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार

झापा : २० वर्षीया युवतीलाई फकाएर होटलमा लगि बलात्कार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राईले ती महिलालाई ललाइफाइ गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको आधारमा उनलाई पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ ४, २०८० सोमबार १२:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।