ललिता निवास प्रकरण : चौतर्फी आलोचना भएपछि माधव नेपाल र बाबुरामसँग सीआईबीले लियो बयान

ललिता निवास प्रकरण :  चौतर्फी आलोचना भएपछि माधव नेपाल र बाबुरामसँग सीआईबीले लियो बयान

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ।

आइतबार साझँ माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसँग ललिता निवास जग्गा प्रकरणमा बयान लिएको हो।

यसअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई र एकीकृत समाजवादीका अध्यक्ष नेपालको बयानविनै छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो। सीआईबीको यस कदमको चौतर्फी आलोचना भएको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो।

उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीहरु मुछिएका छन्।
 

भदौ ४, २०८० सोमबार १२:०५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।