वडाध्यक्षलाई कार्यबाहक दिएर जापान उडे अध्यक्ष, अदालत जाने तयारीमा उपाध्यक्ष

वडाध्यक्षलाई कार्यबाहक दिएर जापान उडे अध्यक्ष, अदालत जाने तयारीमा उपाध्यक्ष

झापा : झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। वडाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्किएका हुन्।

राईले कमल गाउँपालिका वडा नं. २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिएका हुन्। उपाध्यक्ष प्रमिला न्यौपानेले कार्याबाकको जिम्मेवारी नपाएपछि विवाद सुरु भएको छ। 

उपाध्यक्ष न्यौपानेले कार्यपालिकामा आफूहरूको बहुमत भएकोले आज बैठक गरेर यसबारे निर्णय गर्ने बताइन्। 

‘अध्यक्ष नहुँदा उपाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था छ। त्यो मेरो अधिकार पनि हो’ उनले भनिन् । उनले वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमविरुद्ध आफू अदालत जान लागेको बताइन्। 

अध्यक्ष राई कांग्रेसबाट निर्वाचित हुन् भने कार्यबाहक पाउने लिम्बु एकीकृत समाजवादीबाट र उपाध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।

भदौ ४, २०८० सोमबार ११:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।