साउदीको नियम उल्लंघन गर्ने १५ हजार आप्रवासी कामदार पक्राउ

साउदीको नियम उल्लंघन गर्ने १५ हजार आप्रवासी कामदार पक्राउ

एजेन्सी : साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन्। 

बितेको एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार २४५ जना पक्राउ परेका हुन्।

साउदीको गृह मन्त्रालयका अनुसार अगस्ट १० देखि १६ तारिख सम्मको सातामा राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ५३९, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार २ सय ५३ र श्रम कानून उल्लंघन गर्ने २ हजार ४ सय ५३ जना रहेका छन्।

भदौ ४, २०८० सोमबार ११:०६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।