५६ करोड ऋण लिएका सनी देओलको घर लिलाम गर्ने निर्णयबाट पछि हट्यो बैंक

५६ करोड ऋण लिएका सनी देओलको घर लिलाम गर्ने निर्णयबाट पछि हट्यो बैंक

एजेन्सी : भारतको एक बैंक अभिनेता तथा भारतीय जनता पार्टीका सांसद सनी देओलको घर लिलाम गर्ने निर्णयबाट पछि हटेको छ।

सूचना निकालेको २४ घण्टा नबित्दै बैंक अफ बरोदाले प्राविधिक कारण देखाइ लिलामको सूचना फिर्ता लिएको हो।

आइतबार बैंकले मुम्बईस्थित जुहूमा रहेको देओलको घर लिलामको सूचना निकालेको थियो।

सूचनामा २५ अगस्टमा लिलामी हुने बताइएको थियो। अब यस्तो नहुने भएको छ। देओलले २०२२ मा बैंकबाट ५५ करोड ९९ लाख रुपैयाँ ऋण लिएका थिए। तर अहिलेसम्म ऋण तिरेका छैनन्।

५९९.४४ वर्गमिटरको सम्पत्तिको लागि सनी लेओलका पिता धर्मेन्द्र व्यक्तिगन जमानी बसेका थिए।

भदौ ४, २०८० सोमबार १०:३४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।