१-१ को अवस्थामा रहेको सिरिजको उपाधि न्यूजिल्यान्डलाई, अन्तिम खेलमा युएई ३२ रनले स्तब्ध
काठमाडौं : युएईविरुद्धको तीन खेलको टी–ट्वेन्टी सिरिज न्यूजिल्यान्डले जितेको छ।
आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ३२ रनको स्तब्ध बनाएसँगै न्यूजिल्यान्डले २–१ ले सिरिज जितेको हो।
यसअघि शनिबार भएको दोस्रो टी–ट्वेन्टी युएईले सात विकेटले जितेपछि सिरिज १-१ को बराबरीमा पुगेको थियो।
टस हारेर पहिला ब्याटिङमा तानिएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६६ रन बनायो।
उसका लागि विक योङ र मार्क चापम्यानले क्रमशः ५६ र ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै, मिचेल स्यान्टनरले अविजित २० रन जोडे।
बलिङतर्फ युएईका जुनैद सिद्दिकीले तीन तथा मोहम्मद जवादुल्लाह र जहुर खानले समान एक–एक विकेट लिए।
१६७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ओभरमा ७ विकेट गुमाएर १३४ रनमा समेटियो।
उसका लागि आयान अफ्जल खानले ४२, आर्यन्स शर्माले १६, भ्रित्य अरविन्दले १२, आसिफ खानले ११ र बसील अहमदले अविजित रहँदै २४ रन जोडे।
बलिङतर्फ न्यूजिल्यान्डका बेन लिस्टरले तीन तथा केल जामिसन, मिचेल स्यान्टनर र आदित्य अशोकले समान एक–एक विकेट लिए।
भदौ ४, २०८० सोमबार ०९:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।