समाजवादी मोर्चाले भदौ आठ गतेदेखि प्रदेश घोषणा सभा गर्ने

समाजवादी मोर्चाले भदौ आठ गतेदेखि प्रदेश घोषणा सभा गर्ने

काठमाडौं : समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणा सभा गर्ने निर्णय गरेको छ।

एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेता प्रमेश हमालले जानकारी दिए।

उनका अनुसार भदौ ८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा, १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा हुनेछ।

यस्तै बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गर्ने निर्णयसमेत गरेको छ।

भदौ ४, २०८० सोमबार ०९:१०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।