इंग्ल्याण्डलाई हराउँदै स्पेन बन्यो महिला विश्वकपको विजेता
काठमाडौँ : इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको छ। स्पेन पहिलो पटक विश्वकप विजेता भएको हो। स्पेनले खेलको २९ औँ मिनेटमा गोल गरेको थियो। फाइनलमा त्यही नै निर्णायक गोल बन्यो।
गत वर्ष इंग्ल्याण्डले युरो कप जितेको थियो। महिला विश्वकप समेत जितेर कीर्तिमान राख्ने उसको प्रयास भने सफल भएन।
स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौँ टिम हो। यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक, नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन्। महिला र पुरुष दुवै विधाको विश्वकप जित्ने टिम समेत बनेको छ।
भदौ ३, २०८० आइतबार १९:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।