पाकिस्तानमा बम विस्फोट हुँदा ११ मजदुरको मृत्यु

पाकिस्तानमा बम विस्फोट हुँदा ११ मजदुरको मृत्यु

एजेन्सी : पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट हुँदा ११ जना मजदुरको मृत्यु भएको छ। उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन्।

एआरवाई न्युजका अनुसार मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा ठूलो आत्मघाती विष्फोट भएको थियो। चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्षित गरी गराइएको उक्त विस्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो।​​​​​​

इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए।

भदौ ३, २०८० आइतबार १६:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।