विनानिष्कर्ष टुंगियो सभामुख–सचेतकको बैठक

विनानिष्कर्ष टुंगियो सभामुख–सचेतकको बैठक

काठमाडौं : संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतकहरूसँगको बैठक विनानिष्कर्ष टुंगिएको छ।

बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठक विनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौं भन्ने अडान राखेको छ।  यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ,’ उनले भने।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र माओवादी केन्द्र तथा विपक्षी दलबाट एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए। प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो।  

भदौ ३, २०८० आइतबार १३:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।