सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिसहितका विवरण गोप्य राख्ने चलन हटाउनुपर्छ : प्रचण्ड

सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिसहितका विवरण गोप्य राख्ने चलन हटाउनुपर्छ : प्रचण्ड

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन्।

आइतबार १७ औं राष्ट्रिय सूचना दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहार लगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरुरी भएको बताए।

‘विश्वमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’बारे अध्ययन गर्न आवश्यक छ,’ उनले भने, ‘अब सार्वजनिक ओहदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउनु पर्छ।’

उनले सार्वजनिक पदाधिकारीको काम कारबाहीबारे जनताको कम निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच कम हुने अवस्थाका कारण भ्रष्टाचार मौलाउँदै जाने खतरा भएको बताए।

भदौ ३, २०८० आइतबार १३:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।