माधव नेपाल र बाबुराम भट्टराईको बयानविनै सीआईबीले फाइल बुझाउने तयारी गरेपछि रविले भने : गृहमन्त्रीज्यू ! ठूलै गडबड छ

माधव नेपाल र बाबुराम भट्टराईको बयानविनै सीआईबीले फाइल बुझाउने तयारी गरेपछि रविले भने : गृहमन्त्रीज्यू ! ठूलै गडबड छ

काठमाडौं : पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविनै सीआईबीले फाइल बुझाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको ध्यानाकर्षण गराएका छन्।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि सभापति लामिछानेले ध्यानाकर्षण गराएका हुन्। 

‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधुरो फाइल पेस नगरोस्। गृहमन्त्रीज्यु, केही त गडबड छ। ठूलै गडबड छ।’ सभापति लामिछानेले सामाजिक संजालमा लेखेका छन्।

लामिछानेले सो प्रकरणमा ठूलै गडबड भएको आशंका गरेका छन्। सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति अनुसार सीआईबीलाई सरकारले दबाब दिएको आरोप छ।

भदौ ३, २०८० आइतबार ११:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।