कास्कीमा सडकबाट मोटरसाइकल तल खस्दा दुई जनाको मृत्यु

कास्कीमा सडकबाट मोटरसाइकल तल खस्दा दुई जनाको मृत्यु

कास्की : कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रा स्थित भित्रीसडकबाट अन्दाजी ८०/९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइएको छ।

दुर्घटना लगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो। चिकित्सकले जाँचका क्रममा दुवै जनालाई मृत घोषणा गरेका थिए।

भदौ ३, २०८० आइतबार ०८:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।