यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भदौ ३, २०८० आइतबार ०७:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।