शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

शास्वतधाम पुगे आचार्य धीरेन्द्रकृष्ण, सोमबारसम्म कथा वाचन हुने

काठमाडौँ : नेपाल भ्रमणमा रहेका भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री कथा वाचनका लागि नवलपरासीको शाश्वतधाम पुगेका छन्। उनले आइतबारदेखि सोमबारसम्म शास्वतधाममा हनुमन्थ कथा वाचन गर्नेछन्।

चौधरी ग्रुपका वरुण चौधरीको निमन्त्रणमा शुक्रवार काठमाडौँ आएका उनले शुक्रवारै पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेर दर्शन गरेका थिए। उनी पशुपति क्षेत्रमा पुग्दा उनलाई हेर्न हजारौँको भिड लागेको थियो। विशेष सुरक्षा घेरामा रहेका उनलाई पशुपतिको भिड छिचोल्न हम्मे परेको थियो।

शनिवारसम्मको काठमाडौँ बसाइमा केही राजनीतिक भेटघाटको कार्यक्रम मिलाइएको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले होटेल भिभान्तामा गएर उनलाई भेट गरे। कलाकारहरू लगायत नेताहरूको समेत बाक्लो उपस्थित थियो भिभान्तामा।

शनिवार राष्ट्रपति र प्रधानमन्त्रीसँग उनको भेट गराउने प्रयास भए पनि कार्य व्यस्तता भन्दै समय नमिलेपछि उनी शनिवार शास्वतधाम पुगे। उनले शुक्रवारै काठमाडौँमा समेत प्रवचन दिएका थिए।

भदौ २, २०८० शनिबार २२:०९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।