एकदिवसीय विश्वकपको मस्कट सार्वजनिक

एकदिवसीय विश्वकपको मस्कट सार्वजनिक

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकपको आधिकारिक मस्कट सार्वजनिक गरेको छ।

मस्कट महिला बलर र पुरुष ब्याटर वरिपरि आधारित छ। पुरुष मस्कटको हातमा ब्याट र महिला मस्कटको हातमा बल देखाइएको छ।

आईसीसीले आफ्नो सोशल मिडिया ह्यान्डलहरूमा मस्कटको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा भारतका पूर्व कप्तान विराट कोहली र जसप्रित बुमराह देखिएका थिए।

शनिबार अपरान्ह भएको मस्कट सार्वजनिक गर्ने कार्यक्रममा भारतको अन्डर-१९ महिला टोलीको कप्तान शेफाली वर्मा र भारतको अन्डर-१९ पुरुष टोलीका कप्तान यश धुल पनि उपस्थित थिए।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म भारतमा हुनेछ। पहिलो खेल गत विश्वकपको फाइनल खेलेमो इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ।

भदौ २, २०८० शनिबार २०:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।