भ्रष्टाचारमा मुछिएकाहरूको भारी पार्टीले बोक्दैन : गगन थापा

भ्रष्टाचारमा मुछिएकाहरूको भारी पार्टीले बोक्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी पार्टीले बोकेर नहिँड्ने बताएका छन्।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनपछि सम्बाेधन गर्दै महामन्त्री थापाले भने, ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन। भ्रष्टाचारमा मुछिएकाहरूको भारी पार्टीले बोक्दैन।’

नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए।

जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले इमान्दार भएर काम गरेमा परिवर्तन सम्भव रहेको बताए।

भदौ २, २०८० शनिबार १९:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।