खन्ती र सिकलले हानेर सुन्दरलालको हत्या, बुट्यानले छोपेको अवस्थामा भेटियो शव

खन्ती र सिकलले हानेर सुन्दरलालको हत्या, बुट्यानले छोपेको अवस्थामा भेटियो शव

झापा : मेचीनगर नगरपालिका–८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

सोही टोलस्थित सडक नजिक रगतजस्तो पदार्थ देखिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकारभिट्टाबाट खटिएको प्रहरीले साउन ३२ गते बिहान झाडीमा बुट्यानले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी एक्लै हिँड्दै आएका सुन्दरलाल किसानले साउन ३१ गते साँझ रामजी र सुनरसीलाई गालीगलौज गरेको विषयलाई लिएर भएको झगडामा फलामको खन्ती र सिकल प्रहार गरी हत्या गरेर उक्त झाडीमा लगि छोपेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ २, २०८० शनिबार १८:०७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।