५५ वर्षीया महिलालाई कुटपिटपछि करणी

५५ वर्षीया महिलालाई कुटपिटपछि करणी

पर्वत : जिल्लामा ५५ वर्षीया महिलालाई कुटपिटपछि बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलजला गाउँपालिका–२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्की रहेका छन्। उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भदौ २, २०८० शनिबार १८:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।