रियालिटी शो को फाइनल उद्घाटन गर्न पुगे प्रधानमन्त्री, आयोजक संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

रियालिटी शो को फाइनल उद्घाटन गर्न पुगे प्रधानमन्त्री, आयोजक संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रियालिटी शो उद्घाटन गर्न पुगेका छन्।

शनिबार काठमाडौंमा भएको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका हुन्।

उनले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। उनीसँगै इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पनि कार्यक्रमको उद्घाटन गरे।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका विजेताले जनही १–१ करोड रुपैयाँसहित आकर्षक पुरस्कार पाउनेछन्।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा रियालिटी शो आयोजना गरिएको हो।

उसो त यो फाउन्डेसनविरुद्ध नेपालमा दर्ता नभई अवैध रूपमा क्रियाकलाप गर्दै आएको आरोपमा प्रधानमन्त्रीको कार्यालय र अमेरिकन राजदूतावासमा निवेदन दर्ता भएको थियो।

नेपालमा दर्ता नै नभई विभिन्न क्रियाकलाप गरेको तथा नेपालीलाई सहयोग गर्ने आश्वसन दिएर गैरकानूनी ढंगबाट रकम उठाएको भन्दै सो संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा निवदेन दर्ता भएको थियो।

भदौ २, २०८० शनिबार १७:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।