डोल्पामा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, नौमध्ये तीन जना पक्राउ

डोल्पामा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, नौमध्ये तीन जना पक्राउ

काठमाडौं : डोल्पामा १५ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ। बलात्कृत किशोरी ६ महिनाको गर्भवती भएपछि घटना बाहिरिएको हो।

जिल्लाको जगदुल्ला गाउँपालिकामा नौ जना युवकविरुद्ध किटानी जाहेरी दायर भएको प्रहरीले जनाएको छ।

जाहेरी परेकामध्ये जगदुल्ला गाउँपालिका–५ का २७ वर्षीया धर्मराज बोहारा, सल्यान कुमाख गाउँपालिका–५ का २३ वर्षीया रेशम राना, जाजरकोट कुसे गाउँपालिका–९ का २१ वर्षीया कृष्ण विक गरी तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घटनाको ६ महिनापछि पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव बुढाथोकीले जानकारी दिए।

‘बलात्कृत बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको छ’, डीएसपी बुढाथोकीले भने।

फरार ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भदौ २, २०८० शनिबार १४:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।