चितवनमा एक महिनामा १०८ जनामा डेंगु, एक जनाको ज्यान गयो
चितवन : चितवन जिल्लामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य कार्यालयका अनुसार गत साउन १ देखि यही भदौ १ गते दिउँसोसम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको हो।
एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।
सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन्। गत आर्थिक वर्षमा जिल्लामा डेंगुका कारण चार जनाको मृत्यु भएको थियो।
भदौ २, २०८० शनिबार १३:४७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।