विश्वासको मतका लागि १० करोडको प्रस्ताव गर्दैछन् : लिङ्देन

विश्वासको मतका लागि १० करोडको प्रस्ताव गर्दैछन् : लिङ्देन

काठमाडौं  : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिंदैछन्। विश्वासको मत लिने दिनको टुंगो भएसँगै प्रदेश सभा सदस्य मनाउन  चलखेल सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड र मन्त्रि पदको अफर गरिएको खुलासा गरेका हुन्।

‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो त,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

कोशी प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन भएको छ। कोशीमा मुख्यमन्त्री थापालाई विश्वासको मतको संकट रहेको छ। 

यस अघिका मुख्यमन्त्री हिक्मत बहादुर कार्की पनि विश्वासको मत पाउन नसकेको कारण पदमुक्त भएका थिए।

भदौ २, २०८० शनिबार १३:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।