काँग्रेस आफैं सक्षम छ, आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्छ : गगन थापा

काँग्रेस आफैं सक्षम छ, आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्छ : गगन थापा

मङ्गलबारे : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काँग्रेस आफैं सक्षम भएका कारणले आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताएका छन्। 

शनिबार इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृसंगठन तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउन आफू लाग्ने बताए। 

काँग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उनले उल्लेख गरे।

‘नेपाली काँग्रेस विधान अनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला र थुप्रै अवसर आउने छन्,’ उनले भने।

केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ संगठनहरूको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उनको भनाइ छ।

भदौ २, २०८० शनिबार १३:१६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।